एसपी रिपोर्टर
काठमाण्डौं, असार ३० : काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए । त्यसक्रममा मेयर शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन् ।
बालेनले ओलीसंग दोस्रो पटक भेटेका छन् । यसअघि काठमाडौँ महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए । यस अघि एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफू र्याप गाउन सक्ने भन्दै घुमाउरो पारामा बालेनको प्रशंसा गरेका थिए ।
चर्चित र्याप गायक समेत रहेको मेयर बालेन पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् । बालेनले आफूसँग पराजित भएका उम्मेदवारहरू सिर्जना सिंह र केशव स्थापितलाई समेत भेटेका छन् ।