FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लकडाउनमा मन्दिर जान नपाएकाहरु बेलनाको पूजा गर्दै

लकडाउनमा मन्दिर जान नपाएकाहरु बेलनाको पूजा गर्दै

जनकपुरधाम, बैशाख २ : कोभिड–१९ का कारण नेपाल लकडाउन भएको तीन हप्ता पुग्न लागेको समयमा प्रदेश नं २ का मठमन्दिर सुनसान भएको छ । प्रदेशका जानकी मन्दिर, जलेश्वर महादेवसहितका मठमन्दिर होलीपर्वबाट नै सुनसान रहँदै आएका छन् । अहिले मठमन्दिरको पूजापाठ पुजारीबाहेक अरुको पहुँचभन्दा बाहिर छ । यस क्षेत्रमा लकडाउन शुरु भएसँगै कोरोनाबाट सुरक्षित हुन नयाँनयाँ अभ्यास शुरु गर्न थालिएको छ ।

अहिले रोटी बनाउन प्रयोग गर्ने काठको चकलामा काठकै बेलना ठड्याएर घरघरमा पूजा हुन थालेको छ । यसरी पूजा गर्दा कोरोना भाइरसबाट जोगिने विश्वास यस क्षेत्रका बासिन्दामा रहेको जलेश्वर महादेव मन्दिर नजिक घर भएका दिलीप चौधरीले बताउनुभयो । चकलामा बेलना राखेर चारैतिर चामल अथवा आँटाको घेरा राखेर ठाडो पारेर पूजा गर्नेहरुको सङ्ख्या दिनानुदिन बढिरहेको छ । यो पूजा एकदेखि दुईदिनसम्म रहने गर्छ । चकलामा बेलना ठड्याएर कसैले महारानी त कसैले महादेव भनेर पूजा गर्ने गरेका छन् ।

तीन हप्तादेखि मन्दिरमा जान नपाएपछि घरमै पूजा गर्ने र कोभिड–१९ को डरबाट केही क्षण मुक्त हुने माध्यम यो अफवाह बनेको योगसाधक नवल यादवको भनाइ छ । यस क्षेत्रका बासिन्दाले भगवान् भन्दै पूजापाठ गर्ने विषय भने नौलो रहेको यादवले जिकिर गर्नुभयो । यस विषयमा मटिहानी मठका उत्तराधिकारी महन्थ रवीन्द्रदास वैष्णवसँग बुझ्न खोज्दा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । स्थानीयवासीका अनुसार यो पूजापाठको कुरा लहान हुँदै जलेश्वर आइपुगेको हो ।

महोत्तरी जिल्लाकै अन्य ठाउँमा यस्तो किसिमको चमत्कार वा पूजापाठको कुनै चर्चा नरहेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । केही दिन अगाडि यस क्षेत्रका मानिसले कपुर, ल्वाङ, अलैँची, हिङसहितको सामग्रीको पोको बनाई घाँटीमा अथवा हातमा बाँधेका थिए । लकडाउनको बेला कोरोना भाइरसबाट जोगिने अफवाहका कारण नयाँनयाँ अभ्यास भइरहेका छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago
लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy