एसपी रिपोर्टर
जनकपुरधाम, असार २३ : विहिवार नेपालका सात मध्ये ६ प्रदेशका आन्तिरक मामिला अर्थात गृहमन्त्रीहरु सहभागिता सहितको कार्यक्रम थियो । मधेश प्रदेशको गृह तथा सञ्चार मन्त्रालयको आयोजनामा जनकपुरधाममा भएको शान्ति सुरक्षा तथा विपद व्यवस्थापन सम्बन्धमा अन्तर प्रदेश अनुभव आदान प्रदान तथा छलफल कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री र सभामुखको समेत उपस्थिती थियो र उपस्थित थिए विपक्षी दलका नेताका रुपमा लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनल ।
सोनलको ध्यान कार्यक्रमको मुख्य आकर्षण विषयगत ‘ब्यानर’ तर्फ आकर्षित भयो । ब्यानरमा सबै शब्दहरु ठुलठुला अक्षरमा लेखिएको थियो भने मधेश प्रदेश एकदमै सानो नबुझने गरि लेखिएको रहेछ । बोल्ने पालो पाएका सोनलले सुरु मै सोधे, ‘मधेश प्रदेश भन्न र देखाउन लाज लागेको हो कि डर लागेको हो वा अन्य केहि कारण छ ?’
सोनलले अव यो प्रदेश ‘मधेश प्रदेश’ भनेर औपचारिक रुपमा संसदबाट दु तिहाईले पारित भएपनि प्रहरी प्रशासन सहितका अधिकांश सरकारी निकाय अझै पनि कार्यालयका पहिचान बोर्डहरु परिमार्जन नगरेको गुनासो पोखे । संघिय सरकारका कार्यालयहरुको बोर्डमा सबै भन्दा माथी नेपाल सरकार उल्लेख रहने गरेको स्मरण गराउदै सोनलले भने, ‘ कतिपयले त मधेश प्रदेश लेख्ननै डराइरहेका छन लेख्ने ले कार्यालयको नाम पछि सानो अक्षरमा मधेश प्रदेश उल्लेख गर्ने गरेका छन ।’
यस्ले यथास्थितीवादीहरु मधेश प्रदेश अझै पनि न रुचाएको र पचाउन नसकेको उनको भनाई थियो । हरेक कार्यालय बोर्डको सबै भन्दा माथी मधेश प्रदेश वा मधेश सरकार लेख्न उनको आग्रह छ ।
हेर्नोस ब्यानरमा मधेश प्रदेशको आकार
उनले मधेश प्रदेश कसरी कहाँ कुन प्राथमिकतामा लेख्ने विषयमा प्रदेश सरकारले सर्कुलर गर्नुपर्ने बताए ।