चन्दन ठाकुर
जनकपुरधाम, असार २१ : धनुषाको औरही गाउँपालिका स्थित एक विद्यालयका प्रधानाध्यापकमाथि दुव्र्यवहार भएको भन्दै विरोध प्रदर्शन भएको छ । औरही गाउँपालिका झिटकैया स्थित श्री राम जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक मदन कुमार महरालाई कालोमोसो दलेर दुव्र्यवहार गरेको विरुद्व जनकपुरधाममा वरोध प्रदर्शन भएको हो ।
मंगलवार जनकपुरधाममा संयुक्त दलित संघर्ष समिति मधेश प्रदेशद्वारा निकालिएको विरोध रयालीमा दर्जनौैँको संख्यामा मानिसहरुले विरोध प्रदर्शन गरेका छन । हातमा विभिन्न प्ले कार्ड लिई उनिहरुले प्रदर्शन गरेका छन । जनकपुरधामको रेल्वे स्टेशन बाट शुरु भएको रयाली भानु चौक, कदम चौक, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय हुदैँ जनक चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा दलितका अगुवाहरुले पिडित लाई न्याय दिई घटनाका आरोपित सुजित यादव र रामनाथ यादवलाई कारवाही गर्नुपर्ने माग राखेका छन । उनिहरुले घटनामा संलग्नलालाई कारवाही नहुन्जेल सम्म आफुहरुले विरोध जारि राख्ने चेतावनी दिएका छन । उनिहरुले प्रधानाध्यापकलाई दलित सम्झेर नै हेप्न खोज्ने मनशायले नै घटना भएको बताएका छन् ।
उनिहरुले राज्यका हरेक निकायले आफुहरुलाई दलित समझेर विभेद गरेको प्रति आपति पनि जनाएका छन । उनिहरुले घटनाको भत्र्सना गर्दै दोषी उपर कारवाहीको मांग गरेका छन् । शनिबार प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मर्मत सम्भारका लागि प्राप्त ३० लाख र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँ कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि आयोजित अभिभावक भेलामा अर्कै विषयलाई मुद्दा बनाएर गैर अभिभावक रामनाथ यादव र सुजित यादवले प्रधानाध्यापक महरा माथि कालोमोसो दलेपछि दलित समुदाय आन्दोलित बनेका छन् ।
प्रधानाध्यापक दलित समुदायको भएकाले अनाहक कालोमोसो दल्ने कार्य भएको भन्दै उनीहरु आक्रोसित बनेका हुन । प्रदर्शनकारीहरु मुखमा कोलोमोसो लगाएरै पद्रर्शनमा सहभागि भएका थिए ।