एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ : नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रिड शाखाका प्रमुख राजिव शर्माले क्वाटरमा आफनै कर्मचारीलाई कुटपिट गरेको आरोप लगाइएको छ । ग्रिड शाखामा ईल्केट्रिकल सुपरभाइजर पदमा कार्यरत अनिल कुमार यादवले बुधवार राती कार्यालय प्रमुख, उनका सवारी चालक समिर मगर र एकजना ईन्जिनयरहरुको समुहनै आफनो कोठामा आएर संघातिक आक्रमण गरेको आरोप लगाएका छन् ।
चोटपटक लागेको अवस्थामा यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । टे«ड युनियन राष्ट्रिय महासंघका केन्द्रिय सदस्य समेत रहेका यादव कार्यालय प्रमुख आर्थिक प्रलोभनमा परि चारजना ज्यालादारीमा कर्मचारी भर्ना गरेको, ति कर्मचारीहरुको तलवमा पनि हिनामिना गर्ने गरेको सहितका विभिन्न गलत गतिविधीहरुका बारेमा एक टे«डयुनियनकर्मीको हैसियतले आफुहरु पटक पटक ध्यानाकर्षण गराउदै आएको बताए । त्यसैको कारणले समेत आफु माथी आक्रमण भएको हुन सक्ने उनको आरोप छ ।
एता कार्यालय प्रमुख शर्माले भने कार्यालयका सवारी चालक मगरको श्रीमती संग कार्यालय परिषरमा एक रुखमा फलेको आँप टिप्ने विषयमा विवाद हुँदा यादवले हातपात गरेपछि मगर र यादव विच झगडा भएको स्वीकार गरेका छन् । उनले आफु माथीको आरोप निराधार रहेको बताउदै घटनाको बारेमा आफु पनि बुझिरहेको र यादवलाई भेटन स्वयम अस्पताल समेत पुगेको प्रमुखले बताए ।