एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : नेपाल सरकारबाट वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदको अध्यक्षमा नियुक्त भएका वरिष्ठ पत्रकार समेत रहेका शितल साहले पदभार ग्रहण गरेका छन् । विहिवार काठमाण्डौंबाट जनकपुरधामको विमानस्थल हुदै परिषदको कार्यालय पुगेका साह पदभार ग्रहण गरेका हुन ।
रेडियो जनकपुरका सञ्चालक समेत रहेका साह लोकप्रिय रेडियो कार्यक्रम दलानका प्रस्तोता समेत रहेको र परिषदका काम, कारवाही र विकृतीहरुका बारेमा पनि विशेष जानकार व्यक्ति रहेकाले परिषदको सुधार र विकासका लागि केहि गर्ने उपमहानगरपालिकावासीको अपेक्षा छ ।
नवनियुक्त अध्यक्ष साहले परिषदको सुधार र कार्यक्षेत्रको विकासका लागि आफु सक्दो कोशिस गर्ने बताएका छन् । पत्रकारिताको क्रममा आफुलाई धेरै समस्या र चुनौतीहरु जानकारीमा रहेकाले आफु सक्दो सुधारका कामहरु गर्ने बताउदै उनले यस्मा सबैको सहयोग आवश्यक पर्ने बताए ।
नेपाल सरकार मन्त्री परिषदको बैठकले साहलाई अध्यक्षमा नियुक्त गरेको हो । साह नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य र कोषाध्यक्ष समेत भइसकेका छन् । सो अवसरमा परिषदका कार्यकारी निर्देशक बलराम ठाकुर सहित कर्मचारी, नेकपा एसका नेता कार्यक्रताहरुको सहभागिता रहेको थियो ।