चन्दन ठाकुर
जनकपुरधाम, असार १५ : आज असार १५ गते अर्थात १९ औँ राष्ट्रिय धान दिवस देशभरका किसानले धान रोपेर राष्ट्रिय धान दिवस मनाइरहेका छन् । देशभरी रहेका कृषि ज्ञान केन्द्रहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर धान दिवस मनाइरहेका छन् । आज दही चिउरा खाने दिनको रुपमा पनि देशैभरि मनाइने गरिन्छ ।
यसै क्रममा धनुषाको हर्दिनाथ धानवाली कार्यक्रममा एक विशेष कार्यक्रमको आयोजना गरि १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ तथा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको आयोजनामा सो कार्यक्रम गरिएको हो । ‘धान बालीमा जैविक बिविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग ’ नाराका साथ धान महोत्सव मनाएको छ ।
कार्यक्रममा बौल्दै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले प्रदेश सरकार र स्थानीय सरकार मिलेर काम गर्दा धान बालीमा जैविक बिविधताको उपयोग र आयात प्रतिस्थापनमा सहयोग मिल्ने बताएका छन् । उनले भन्सारको डाटा पनि सहि तरिकाले नआएको गुनासो गरेका छन् । उनले कुनै सामग्री आउँदा त्यसलाई चामलसंगै जोडनु उपयुत्त नभएको समेत बताएका छन्
मन्त्री यादवले मलखाद सिंहदरवारले किन्ने प्रदेश सरकारले कोटा निर्धारण गर्ने र स्थानीय सरकारले वितरण गर्ने गरेको बताए । तर मधेश प्रदेश सरकारले अहिले युरिया, फसफोरस र पोटास जन्य वस्तु बन्ने एमपिटिलाई विस्तारै विस्थापित गर्दै गरेको उनले बताए । मन्त्री यादव हाम्रो पराम्परागत तरिका गोबर, गडयौला तथा अन्य उपायबाट मल उत्पादन गर्ने बताए । मलखाद उपयोगले गर्दा खाधन्नमा भइरहेको समस्यालाई अन्त्य गर्न जरुरी रहेको उनको तर्क छ ।
त्यस्तै कार्यक्रममा बौल्दै वरिष्ठ वैज्ञानिक देव निधि तिवारीले धानबालीले देशको अर्थतन्त्रमा करिव २० प्रतिशत योगदान दिएको जानकारी दिएका छन् । उनले सर्वाधिक धान उत्पादनमा नेपाल विश्वमा १६ औँ स्थानमा रहेको जानकारी गराए । कृषकको लागि नयाँ उपायहरुबाट कसरी धानबाली उत्पादन गर्ने तरिका सिकाउनेबारे आवश्यक अनुशनधान गरिरहेको समेत उनले बताए । अहिलेसम्म धानको ९२ वटा जात विकास भइसकेको जानकारी गराउदै उनले वैज्ञानिक तिवारिले अरु नयाँ नयाँ धानको जात विकास गरि आयातलाई न्युनिकरण गर्ने बताए ।
नयाँ नयाँ प्रविधिको उपयोग गरि उत्पादन लागत घटाउने उनले बताए । कार्यक्रममा मधेश प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशत मात्रै रोपाइँ भएको जानकारी गराइएको छ । मधेश कृषि निर्देशनालयको तथ्यांक अनुसार प्रदेशमा कुल ५ लाख ५५ हजार २ सय १८ हेक्टर भन्दा बढी क्षेत्रफलमा धान लगाउने गरिएको भए पनि अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको छ ।