एसपी रिपोर्टर
जनकपुरधाम, असार १३ : लोसपाका मधेश अध्यक्ष जितेन्द्र सोनलले मधेश आन्दोलनको क्रममा नेतृत्वकर्ता मधेशी पार्टी र मधेशी जनता माथी दमन गराउने कांग्रेस र एमालेसंग उपेन्द्र यादवको पार्टी पटक पटक हातेमालो गरेर मधेशलाई कमजोर बनाउने काम गरेकोे बताएका छन् ।
जनकपुरधाममा आयोजित मधेश प्रदेश समिति बैठकलाई सम्बोधन गर्दै मधेश सरकारका पुर्व मन्त्री समेत रहेका सोनलले मधेशलाई कमजोर गर्ने को हो ? भन्ने कुरा जनतलाई बुझाउन जरुरी रहेको बताएका छन् । मधेश आन्दोलनको मुद्दा माथी कुठाराघात गरेर पटक पटक धोका दिएकाहरु बारे जनतालाई बुझाउदै लोकतन्त्र र मधेशवादका लागि सक्रिय रहनुपर्ने उनले बताए । उनले प्रदेशको नाम मधेश प्रदेश हुनु एतिहाँसिक सफलता र उपलब्धी रहेको बताए ।
अव संगठन, नेता कार्यक्रतालाई प्रशिक्षण र चुनाव तिन कुरामा केन्द्रित हुन समेत उनले नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् । कार्यक्रममा प्रदेश सांसद परमेश्वर साह, अभिराम शर्मा, रानी शर्मा तिवारी, जानकी शरण साह, जयनुल राइन सहितका अधिकांश सांसद प्रदेश सचिव बिनोद चौधरी पप्पु सहितका नेता कार्यक्रताहरुको उपस्थिती रहेको छ ।