एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ : लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले नगराईन नगरपालिकाको नगरसभा गर्न र बजेट सदुपयोग गर्न मांग गरेको छ । असार १० गते सम्म हरेक पालिकाले नगरसभा गरेर विकास निमार्णका काम लाग्नुपर्नेमा त्यसो हुन नसकेको जस्ले नगरपालिकाको विकास धरापमा पर्ने भएकाले लोसपाले नगरपालिका प्रमुख विनय कुमार यादवलाई ज्ञापन पत्र बुझाउदै यथासिघ्र नगरसभा गरेर जनतामा रहेको भ्रम र आशंका हटाउन मांग गरेको छ ।
नगर प्रमुखमा जितेको कांग्रेस र उपप्रमुख सहित बहुमत पद जितेको एमाले बिचको टकरावले नगरपालिकाको विकास र भविष्य संकटमा परेको भन्दै लोसपाले सचेत गराएको होे । तुरन्त आफुहरुको मांग प्रति गम्भिर भएर सम्बोधन नभए कडा आन्दोलनमा जाने लोसपाको चेतावनी छ । एता नगर प्रमुख यादवले चुनाव जितिसकेपछि जनप्रतिनिधीहरु कुनै पनि पार्टीको नहुने भएपनि एमालेले बखेडा गर्दा नगरसभामा ढिलाई भएको बताउछन् ।
यस अघि पनि लोसपाले गत असार ३ गते विभिन्न २६ सुत्रिय मांग नगरसभामा सम्बोधन हुने गरि नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत बुझाएका थिए । लोसपा नेता राजु चौधरीको अगुवाईमा नगराईन नगरको विकासका लागि विभिन्न गतिविधी सहित सक्रिय रहेको छ ।