एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ : जनकपुरधामको वडा नं. २१ कुर्था निवासी नेहा देवीको निधन प्रति परिवारजनले आशंका जताएका छन् । आइतवार विहान घरको आँगनमा रहेको हातेकल छेउमा ढलेको अवस्थामा भेटिएकी नेहाको उपचारका लागि जनकपुरधाम स्थित जानकी हेल्थ केयर अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
महोतरीको गौशाला माइती रहेको उनको हत्या गरिएको हुन सक्ने उनका माइती पक्षको आरोप छ । उनका दाई महोतरी गौशाला २ विजय कुमार साहले हत्या भएको दावी गर्दै यस घटनाको छानविन गर्न मांग गरेका छन् ।
अस्पतालमै भेटेका मृतकको श्रीमानको भने बेग्लै पिडा छ । उनका श्रीमान जनकपुरधाम वडा नं. २१ कुर्था बस्ने विष्णुदेव साहले करिव चार वर्षको बैदेशिक रोजगार पछि पछि आफु गत चैतमा घर आएको र नेहा आफुसंग नबस्ने भन्दै दैनिक घरमा तनाव र झैझगडा गर्ने गरेको बताए । उनले आफुसंग राम्रो सम्बन्ध नरहेको अवस्थामा केहि दिन अगाडि मात्र नेहाको पेटमा बच्चा रहेको सुन्दा आफुलाई आश्चर्य समेत लागेको बताए ।
स्वयम आफनो सवै समस्या र पिडा सासु, ससुरा र जेठान सबैलाई सुनाएको भएपनि कसैले कुनै सुनुवाई नगरेको नेहालाई उनका अभिभावकले माइती गौशाला लगेर गत शुक्रवार नै कुुर्था ल्याइ पुरयाएको साहको भनाई छ । आफु माथी गलत आरोप लगाइरहेको उनले दावी गरेका छन् ।
एता नेहाको दाईले भने पेटमा रहेको बच्चा कस्को हो भन्ने पता लगाउन प्रहरीलाई आग्रह गर्दै दोषिलाई कडा कारवाही गर्नुपर्ने बताएका छन् । धनुषा प्रहरीले नेहाको अस्पताल ल्याउनु अगावै मृत्यु भइसकेको घटनाको छानविन भइरहेको जनाएको छ । शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुरयाउने तयारी भइरहेको छ ।