एसपी रिपोर्टर
जनकपुरधाम, असार ११ : जनकपुरधामलाई केन्द्र बनाएर प्रकाशित हुने अखवारका प्रकाशकहरु संगठित भएका छन् । जनकपुरधाममा शनिवार डेली एक्सप्रेसका प्रकाशक शंकर साहको अध्यक्षतामा सात सदस्सीय प्रकाशक महासंघ जनकपुरधामको गठन र घोषणा गरिएको छ ।
महासंघको महासचिवमा सिमाञ्चल दैनिकका प्रकाशक पत्रकार उपेन्द्र भगत नागवंशी, कोषाध्यक्षमा धर्मा मण्डल र सचिवमा ललन साह सदस्य कमल साह सहितका रहेका छन् । त्यसैगरि सल्लाहकारमा वरिष्ठ पत्रकारहरु राजेश्वर नेपाली, रामभरोष कापडि, अशोक रौनियार, बिएम खनाल, रामभरत साह, अर्जुन क्षेत्री रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार नेपालीले पत्रकारको समाचारका कारण प्रकाशकहरुलाई समेत जेल जानु परेको प्रसंग कोटयाउदै प्रकाशक र पत्रकार सम्बन्ध सुमधुर भए मात्र पत्रिका र प्रकाशन सफल हुने बताए । अन्य वक्ताहरुले पनि जनकपुरधामको पत्रिका र प्रकाशनको इतिहाँस सुनाउदै राज्य र हालको तिनै तहको सरकार गम्भिर नहुँदा सञ्चार माध्यमको अवस्था दयनिय हुदै गएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण, वरिष्ठ पत्रकार बिएम खनाल, अशोक रौनियार, रामभरत साह, अनिल मिश्र, प्रविण साह, नित्यानन्द मण्डल, धर्वेन्द्र झा, अभय शर्मा सहितकाले शुभकामना व्यक्त गरेका थिए ।