एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ : जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर राजनिति वृतमा चर्चामा आएका समाजसेवी बलराम महतो जसपा नेपालमा प्रवेश गरेका छन् । एक समारोहका बिच सोमवार जसपा अध्यक्ष उपेन्द्र्र यादवले महतोलाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराएर स्वागत गरेका छन् ।
समाजसेवी महतो आफु स्वतन्त्र रुपमा जनकपुरधामको व्यवस्थित विकास गर्न मेयरमा उम्मेदवार बनेपनि यहाँ राम्रो गर्ने भन्दा बिगार्नेहरुको घुइँचो देखेकाले तत्काल स्वतन्त्रको जनकपुरधाम र धनुषामा कुनै गुनजाइस न देखेपछि जसपा रोजेको बताएका छन् ।
‘म नेता होइन, पैसा कमाउन राजनिति गर्ने होइन समाजसेवाका लागि राजनिति गर्न आएको हुँ’ उनले भने, ‘तर स्वतन्त्र रुपमा चुनाव लडदा काठमाण्डौं र धरानको जनता भन्दा विपरित यहाँ सहयोग गर्ने भन्दा बिगार्नेको भिड देखेपछि संगठन र दल राजको छु ।’
मधेशको मामिलामा सबै भन्दा राम्रो भिजन र चिन्तन उपेन्द्र यादव संग रहेकाले आफु जसपा रोजेको उनको भनाई छ । मधेशको केन्द्र बनेको जनकपुरधाम र धनुषाको विकासका लागि मधेशलाई स्थापित र चिनाउने नेता उपेन्द्र यादवको पार्टीनै उत्तम लागेर आफु यो निर्णय लिएको उनले थपे ।