एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : मधेश सरकारले आर्थिक वर्ष २०७९/०८०का लागि कुल ४६ अर्व ८८ करोड ९ लाख ४६ हजार बराबरको बजेट बिनियोजन गरेको छ । बुधवार मधेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै चालु तर्फ २१ अर्व ७६ करोड ६७ लाख ९५ हजार अर्थात ४६.४४ प्रतिशत, पुजीगत तर्फ २५ अर्व ८२ करोड २० लाख ८० हजार अर्थात ५३.२१ प्रतिशत गरि सो परिणामको बजेत बिनियोजन गरेको बताएका छन् ।
मन्त्री साहले बजेटको स्रोतमा वितिय व्यवस्थापन तर्फ १६ करोड २४ लाख २ हजार अर्थात ०.२५ प्रतिशत र आन्तिरक स्रोत तर्फ ४ अर्व १८ करोड ९३ लाख बजेटको आधार प्रस्तुत गरिएको छ । मन्त्री साहले बजेटको स्रोतमा वितिय व्यवस्थापन तर्फ १६ करोड २४ लाख ५६ हजार २ सय अर्थात ०.२५ प्रतिशत रहेको उल्लेख गरेको छ ।
अगामि आर्थिक वर्षको खर्च बेर्होन आन्तिरक स्रोतको राजश्व तर्फ ४ अर्व १८ करोड ९३ लाख ७५ हजार, कोषहरुमा सञ्चित रकम रु ३८ करोड, नेपाल सरकारबाट राजश्व बाँडफाँड वापतको रकम ११ अर्व ६१ करोड ९८ लाख, समानिकरण वापत प्राप्त अनुदान रकम रु ७ अर्व ८१ करोड ५८ लाख तथा चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौजदाद रकम रु. ९ अर्व ६६ करोड त्यसैगरि विशेष अनुदान बाट ४९ करोड र समपुरक अनुदानबाट ७८ करोड तथा संघिय सरकारबाट सर्सत अनुदान वापतको १० अर्व ६ करोड ९१ लाख रहेको बजेटको आधार प्रस्तुत गरिएको छ ।
बजेटमा जनकपुरधाम र बिरगंजको विकासका लागि छुट्टै जनकपुरधाम र बिरगंज विकास प्राधिकरण बनाएर ३० करोड बिनियोजन गरिएको छ । बिद्युतिय सवारी साधनको प्रयोगमा प्रोत्साहनका लागि अलगै करको दररेटको व्यवस्था गरिने उल्लेख छ भने १ निर्वाचन क्षेत्र एक सडक कार्यक्रमका लागि १ अर्व २६ करोड बिनियोजन गरिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ अर्व, जनता आवास कार्याक्रमलाई निरन्तरता दिन २८ करोड बिनियोजन गरिएको छ भने नदीजन्य प्रकोपको रोकथामका लागि बजेट छुटयाउनुका साथै विपद जोखिम न्युनीकरणका लागि ७ करोड बजेट बिनियोजन गरिएको छ ।
बजेटमा पर्सा देखि सप्तरी सम्मको मधेश राजमार्गको सम्भाव्यता, सवारी साधन चालक अनुमती पत्र मधेशमै छपाउने देखि चालु आर्थिक वर्षमा चारपाँग्रे गाडी खरिद नगरिने प्रतिवद्वता सम्म उल्लेख छ । प्रशासनिक भवन निमार्णको पक्रियाका अगाडि बढाउन ५ करोड, सुरक्षित बेटी अभियानका लागि १ करोड ५५ लाख र गृह तथा सञ्चार मन्त्रालयका लागि कुल ६५ करोड बजेट बिनियोजन गरिएको छ । बजेट भाषणको सरुवात मैथली भाषाबाट गरेका मन्त्री साह बजेट भाषण नेपाली र अन्त्य भोजपुरी भाषामा गरेका थिए ।