एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३१ : सोमवार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले नागरिकता विधेयक पारित गर्न दबाब दिँदै जनकपुरधाममा प्रदर्शन गरयो । जनकपुरधामको जनक चोकबाट निस्केको जुलुस सोनारपट्टी, राम चोक, विद्यापति चोक, विसहारा चोक, कदम चोक, भानु चोक, शिव चोक हुँदै पुन: जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
राष्ट्रिय सभाका पूर्व सदस्य समेत रहेका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले संघीय सांसदहरुकै कारण नागरिकता विधेयक लामो समयदेखि पारित नहुँदा जन्मसिद्ध तथा अंगीकृत नागरिकका सन्तानहरुलाई निकै समस्या हुँदै आएको बताए । उनले कयौं नागरिक नागरिकता विहीन हुँदा पनि राज्य जिम्मेवार नभएको आरोप लगाए ।
पार्टीका वरिष्ठ नेता तथा पुर्व सभाषद नागरिकता विधेयक पारित गर्न आग्रह गर्दै उनले यस पटक पनि नागरिकता विधेयक पारित नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए । एता संघिय सत्ताधारी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले समेत आफनो भाषणको क्रमममा नागरिकता विद्ययेक पास गर्नुपर्ने मांगका साथै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र पुर्ननिर्धारण हुनुपर्ने मांग गर्न थालेका छन् ।
मधेशमा विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिनुपर्ने मांग समेत जोडदार रुपमा उठन थालेको छ । यस अघिका तिनचार संघिय निर्वाचनहरुमा मधेश आन्दोलन सहितका विभिन्न संर्घषवादी मुद्दाहरुका साथ चुनावमा गएका मधेश केन्द्रित दलहरु यस वर्ष थाती रहेका तिनै मुद्दाहरु उचालेर चुनावमा जाने तयारीमा छन् ।