एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : गत फागुन १७ (२०२२ मार्च १) मा रौतहटको मौलापुर आएका भोजपुरी सुपर स्टार खेसारीलाल यादवले हातमा आफनो ट्याटु बनाएकी नेपालकी सोम्या पोखरेललाई छ महिना भित्र आफनो हिरोइन बनाउने घोषणा गरेका थिए । मौलापुरमा लाखौंको सहभागितामा आफनो फयान सोम्यासंग स्टेजमै प्रस्तुती दिदै खेसारीले आफु नेपाल बिरगंजकी सोम्याको दिवानगी देखेर खुसी भएको भन्दै सो घोषणा गरेका थिए ।

खेसारीले भने चलचित्र नभएपनि एउटा स्याड भोजपुरी गितमा सोम्यालाई मौका समेत दिइसकेका छन् । हरदी लागे जान के भने भोजपुरी गित यु टयुवमा गत अप्रिल २६ मा रिलिज भइसकेको छ । अन्नपुर्णा फिल्मसले रिलिज गरेको सो भिडियो हाल सम्म २ करोड ७६ लाख भन्दा बढीले हेरिसकेका छन् । अव सोम्या खेसारीको चलचित्रमा पनि अवसर पाउन सक्ने चर्चा चलिरहेको छ ।
सिताबाट सोम्या बनेकी उनको कथा
उनी एक चर्चित टिकटक स्टार हुन । सिन्धुली लाम्पाङ्गटार गाविस वाड नं. २ मा सन २००२ मा जन्मेकी सिता पाखरेल नामकी उनी टिकटकमा सोम्या पोखरेलले चर्चित भईन । १४ वर्ष अघि बिरगंज भन्दा ३० किलोमिटरको दुरीमा मनवा गाँउमा बुवासंगै बसाई सरेकी उनले कान्छी आमाको अपहेलना सह्न नसकि बिरगंज आएर भाँडा मास्ने काम गर्न थालिन । बिरगंजका युवा चन्दन गुप्ता संग प्रेममा परेकी सोम्याको जिवन नयाँ मोड लिएको देखिन्छ ।

त्यसपछि श्रीमान र विस्तारै अन्य परिवारजनको सहयोग र स्पोर्टमा टिकटकमा सक्रिय हुन थालेकी सोम्या चर्चित हुदै गईन । परिवारजन संग चोरेर ३५ सय रुपैयामा खेसारीलालको ट्याटु आफनो हातमा बनाएकी सोम्या खेसारीको नोटिसमा परिन र भोजपुरीको पर्दामा पुग्न सफल भएकी छन् । अव हेर्न वाँकी छ खेसारीलालले उनलाई अगामि दिनमा पनी मौका दिन्छ की आफनो वचनको औपचारिकता पुरा गर्न एउटै गितमा सिमित राख्छ ।
विस्तृतमा उनको पृष्ठीभुमि सहितको भिडियो कथा
यस अघि फागनु १७ २०७८ मा एसपी खवरमा छापिएको सोम्य र खेसारीको सामाचार