एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ : बिश्व वातावरण दिवसको अवसरमा जनकपुरधाममा वृक्षारोपण गरिएको छ । आइतबार विश्व वातावरण दिवसको अवसरमा जेसीजद्वारा जनकपुरको सबभन्दा पुरानो ऐतिहासिक विद्यालय श्री सरस्वती मा. वि. मा जेसीजका सदस्य जेसी मनिष मंडलको संयोजत्वमा वृक्षारोपण कार्यक्रम भएको हो ।
‘एउटा विरूवा मेरो जिम्मेवारी’ को मूल नारा एवम् दीगो विकास लक्ष्य अन्तर्गत लक्ष्य नम्बर १३ क्लाइमेट एक्सनलाई आत्मसात गर्दै जेसीस जनकपुरद्वारा वृक्षारोपण कार्यक्रम आयोजना गरिएका हो । कार्यक्रममा जनकपुर जेसीजका पूर्वअध्यक्ष राजकुमार साह, अजयकुमार साह मिन्टु, जेसि गौतम साह लगायत जेसीज सदस्यहरू उपस्थित भएका थिए ।
यस अघि जनकपुरधाम जेसिजले लक्ष्मीनियाँ गाँउपालिकामा निशुल्क शिविरको आयोजना गरेको थियो । गत शुक्रवार गाँउपालिकाको वडा नं. २ सिनुरजोडाको जेसिज गाँउमा आयोजित निशुल्क शिविरमा दन्त, शिशु, महिला तथा प्रसुती, हाडजोर्नी तथा जेनरल फिजिसियन सम्बन्धि उपचारहरु गराएर स्थानियले लाभ लिएका छन् ।
शिविरमा कुल ३ सय ७३ जनाले उपचार गराएर लाभ लिएको बताएइएको छ । जनकपुरधाम जेसिजले जेसिजमा आवद्व युवाहरुको सहयोगमा यस्ता परोपकारी काम गर्दै आएको छ । शिविरमा जनकपुरधाम स्थित जनकपुर डाइविटिज एण्ड थायराइड डायग्नोष्टिक क्लिनीकको सहयोग रहेको थियो । कार्यक्रममा जेसि राजु कुमार साह, शंकर प्रसाद साह, दिपक गुप्ताको सहभागिता थियो ।