एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २२ : जनकपुरधामबाट भैरहवा जाँदै गरेको दुर्र्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । भैरहवा तर्फ जादै गरेको बस रुपन्देहीको रोहिनी गाँउपालिकाको रोहिनी पुलमा आज बिहान दुर्घटनामा परेको हो । स्थानिय लोसपाका नेता प्रशान्त गुप्ता महेन्द्रले जनाए अनुसार लु २ ख ३८४१ नं को रात्रीबस बिहान अन्दाजी ४:३० बजे सडकबाट करिव ४०–५० मिटर तल खसी दुर्घटनामा परेको हो ।
बसमा कुल ३२ जना सवार रहेकोमा तत्कालै चारजनाको मुत्युभएको थियो भने अस्पताल पुरयाएपछि थप २ र ३ गरि अहिले सम्म क९ जनाको ज्यान गइसकेको छ । दुर्घटनामा २४ जना घाईते भएको र घाईतेहरूको उपचार भैरहवा अस्पतालमा भइरहेको समेत नेता गुप्ताले बताए ।