एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ : तारा एयरको जहाजमा सवार २२ जनाकै मृत्यु भएको दु:खद खवरले देशनै शोकमा डुबेको छ । मृतक २२ जना मध्ये धनुषाको एकै परिवारका सातजना रहेको खवरले धनुषावासीलाई समेत मर्माहत तुल्याएको छ । मिथिला नगरपालिकाको वडा नंंं. ११ को तुल्सी पाटो (लोटा) निवासी एकै परिवारका सातजनाको ज्यान जाने गरि भएको दुर्घटनाले धनुषाका जनता र जनप्रतिनिधीलाई समेत शोकमा डुबाएको छ ।
यसै क्रममा काठमाण्डौंमा रहेका मृतक परिवारका सदस्यहरुलाई भेटेर नेकपा एमालेका सचिव तथा पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठले समवेदना प्रकट गरेका छन् । दु:खको यस घरिमा धैर्य धारण गर्न आग्रह नेता महासेठले मृत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनले मृतक परिवारमा राहत र सहयोगका लागि आफुहरु सक्दो प्रयास र कदम चाल्ने समेत बताएका छन् ।