एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ : जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ को वडा अध्यक्षमा निर्वाचित राघवेन्द्र साह साहसिक पारिवारिक पृष्ठभुमिका व्यक्ति हुन । नेपाली राजनितिक र समाजिक घटना क्रम जतिवेला पनि मन, मष्तिक्स र मुखमै राख्ने व्यक्तित्व प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार राजेश्वर नेपालीका सुपुत्र राघवेन्द्र वडा अध्यक्षमा निर्वाचित हुने वितिकै जनकपुरधामको मुख्य समस्या सार्वजानिक जग्गा संरक्षणमा आफनो पाइला सारेका छन् ।
चुनावी सभाका दौरान उनले भ्रष्टाचारी गरे मेरो घाँटी काटिदिनु भन्दै गरेको दृश्य
पदभार ग्रहण संगै गुठी संस्थाका हाकिम संग छलफल गरेका उनले त्यसको भोली पल्टै वडामा रहेको अतिक्रमित जग्गा खाली गर्न ३० दिने अल्टिमेटम जारी समेत गरिसकेका छन् । उनको सुरुवाती काम चुनौती पुर्ण रहेपनि उनले देखाएको साहासको प्रशंसा भइरहेको छ । वरिष्ठ पत्रकार नेपालीबाट निडर, साहसिक र अटल व्यक्तित्वको गुण सिकेका राघवेन्द्रले वडामा राम्रो गर्ने विश्वासकै साथ उनलाई स्वतन्त्र चुनाव चिन्ह भुइकटहरमा वडावासी मत दिएर विजयी बनाएका छन् ।
नेपाली कांग्रेस वडा नं. २३ का वडासभापती समेत रहेका साहलाई कांग्रेसले टिकट नदिएपछि वडावासीको आग्रहमा उनी पार्टीमा विद्रोह गर्दै स्वतन्त्र चुनाव लडे । नेपालीका कान्छो सुपुत्र राघवेन्द्रका स्व. दाजु रविन्द्र साह समेत साहासिक र निडर पत्रकारको परिचय बनाएका थिए ।