एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ : नेकपा एमालेकी नेतृ जुली कुमारी महतोले जनकपुरधामको विकासका लागि दलिय स्वार्थ भन्दा माथी उठनु पर्ने बताएकी छिन् । दल र कुनै व्यक्तिको बर्चश्वका लागि जनकपुरधाममा कति दिन सम्म राजनिति गर्ने ? प्रश्न गर्दै महतोले भनिन, ‘अव कति कुर्ने जनकपुरधामको व्यवस्थित विकासका लागि सवै एकजुट होउँ ।’
शुक्रवार साँझ महतोको जन्म दिनको अवसरमा जनकपुरधामका युवाहरुले गरेको जन्मोत्सव कार्यक्रममा एमालेकी पोलिटब्युरो सदस्य समेत रहेकी महतोले जनकपुरधामको विकास गलत राजनितिका कारण सुस्त भइरहेको बताइन । कसैको बर्चश्व र दलको उपस्थितीका लागि जनकपुरधामवासी कति दिन सम्म मुखदर्शन बन्ने ? उनको प्रश्न थियो ।
जन्मोत्सव कार्यक्रममा एमालेका केन्द्रिय सचिव तथा पुर्व उपप्रधान मन्त्री रघुविर महासेठ सहित एमालेका नेता कार्यक्रताहरुको पनि उपस्थिती थियो । एमालेका युवा नेताहरु सुरेन्द्र भण्डारी, संतोष महतो, शुनिल दास, राजु साह सहितको अगुवाईमा जन्मोत्सव मनाइएको छ ।