जनकपुरधाम, जेठ १३: धनुषाको मिथिला विहारी नगरपालिकामा नव निर्वाचित उपप्रमुख सहित वडा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ ।
नव निर्वाचित मेयर राजेन्द्र प्रसाद यादवले उपप्रमुख शोभा देवी साह सहित वडा अध्यक्षहरुलाई शपथ ग्रहण गराएका छन् । मेयर यादवले नगरको विकासका लागि अव दल भन्दा माथी उठेर सवै मिलेर काम गर्नुपर्ने बताए । साथै नगरपालिका सुत्केरी तथा ७० वर्ष भन्दा माथी उमेर समुहका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने प्रादेशिक अस्पताल सम्म सुत्केरी तथा ७० वर्ष भन्दा माथी उमेर समुहका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ । कृषि क्षेत्रमा विद्युतीकरण गर्दैै विद्युतीकरणको शुल्क समेत मिनाहा गरिने निर्णय मेयर यादवको पहिलो निर्णयमा परेको छ ।