जनकपुरधाम, जेठ १३: धनुषाको हंसपुर नगरपालिकामा नव निर्वाचित उपप्रमुख सहित वडा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । नव निर्वाचित मेयर प्रदीप कुमार यादवले उपप्रमुख दुर्गा देवी सहित वडा अध्यक्षहरुलाई शपथ ग्रहण गराएका छन् । मेयर यादवले नगरको विकासका लागि अव दल भन्दा माथी उठेर सवै मिलेर काम गर्नुपर्ने बताए । मेयर यादवको पहिलो निर्णयहरुमा एम्वुलेन्स खरिद, नगरपालिकामा रहेको मतदाता संख्या बराबरको करिब २५ हजार बृक्षारोपण गरि सामुदायिक बन निर्माण गर्ने, भ्रष्टाचार मुक्त कार्यप्रणालीको निर्माण र अभाव रहेको औषधी खरिद गर्ने निर्णय समेत नगरपालिकाको पहिलो निर्णयमा परेको छ ।