एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ११ : नेपालमा निरन्तर पेट्रोलियम पदार्थको मुल्यु वृद्वि भइरहेको विरोधमा जनकपुरधाममा पनि विरोध प्रदर्शन भएको छ । नेकपा एमाले आवद्व युवाहरु जनकपुरधामको जानकी चौकमा विरोध प्रदर्शन गर्दै मुल्य वृद्वि र्फिता लिन माग गरेका छन् ।
चौकमा मोटरसाइकल, ग्याँस सिलिन्डर सहितका सरसमानलाई सडकमा पछारेर युवाहरु सरकार विरुद्व जोडदार नारावाजी गरेका छन् । देउवा नेतृत्वको परमादेशी सरकारले जनतालाई राहत दिनुको सट्टा मुल्यवृद्विको मारमा पार्ने काम गरेको बताउदै युवा अगुवा तथा एमालेका नेता शुसिल कर्णले मुल्य वृद्विको निर्णय फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।