एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ : एमालेका नेता प्रभु साहको गृहनगर रौतहटको मौलापुरमा एमालेले कब्जा गरेको छ । नगरपालिकाको ९ वटा वडाहरु मध्ये एकमा गठबन्धनका माओवादी केन्द्र र एकमा गठबन्धनकै नेकपा एसको वडा अध्यक्ष निर्वाचित बाहेक सवै पदमा एमाले विजयी भएको छ ।
नगरपालिकाको प्रमुखमा पुन: दोस्रो कार्यकालका लागि रिना कुमारी साह निर्वाचित भएकी छन् भने उपप्रमुखमा पनि एमालेका नगेन्द्र प्रसाद यादव विजयी भएका छन् । प्रमुखमा साह ५५६४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले मात्र ३०६५ मत पाएका छन् । उपप्रमुखमा यादवले ४९१४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी माओवादीका उम्मेदवारले ३४०४ मत ल्याएका छन् ।
प्रमुखमा लगातार दोस्रो पटक निर्वाचित साह पुर्वमन्त्री साहका श्रीमती हुन । यसअघिको २०७४ सालको स्थानिय तह निर्वाचनमा साह परिवार माओवादीमा रहँदा जितेका थिए भने अहिले नेकपा एमालेमा आवद्व छन् ।