एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ : धनुषाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । उनी ३ हजार ३२६ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ब्रह्मदेव यादवले २ हजार ९२३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै पुनम साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रिंकीकुमारी मण्डलले २ हजार ७९० मत ल्याइन् ।