एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २५ : जनकपुरधाममा सर्वाधिक चर्चामा रहेको स्वतन्त्र उम्मेदवार बलराम महताले आफु विरुद्व अर्का मेयरका प्रत्यासी जानकीराम साहले षडयन्त्र गर्न थालेको आरोप लगाएका छन् । महतोले आँप छापको लहर र निश्चित जित्ने बजार भाउ देखेपछि साहले आफना मान्छेहरु लगाएर आफु विरुद्व समाजिक सञ्जालको गलत प्रयोग भएको बताएका छन् ।
तपाँई विरुद्व कसरी साहले षडयन्त्र भयो ? भन्ने प्रश्नमा महतोले साहसंगै उपमेयरमा उम्मेदवारी दिएको तर अयोग्य ठहर भएको सरोज कुमार मिश्र र साहकै अर्का सहयोगी समेत रहेका पिडारी चौकमा कपडा व्यवसायी गर्ने निरञ्जन साहले फेसबुकमा आफु विरुद्वको माहोल बिगार्ने भिडियो पोष्ट गरेकाले उनको षडयन्त्र स्पष्ट भएको बताए । मिश्र साहसंगै चुनावी प्रचारमा लागेको व्यक्ति रहेकाले समेत यस्को प्रमाण रहेको उनको तर्क छ ।
महतोले भने, ‘म जनकपुरधामको मेयरमा चर्चामा रहेको उम्मेदवार हुँ, सप्ताह दिन हुन लाग्यो मेरो छोरा सवार नयाँ ल्याण्डक्रुजर गाडीमा अध्याधिक मादकपर्दाथ सेवन गरेर चलाउदै गरेको गाडीले ठोक्कर दिएको घटना चुनावको मुखमा गलत तरिकाले प्रचार गरिदैछ । उनले ज्यान मार्ने तरिकाले विपरित दिशामा रहेको आफनो गाडीमा ठोक्कर दिएको घटनाको सर्वसाधारण सवै साक्षी रहेको बताए ।
भर्खरको नयाँ गाडीमा करिव १० लाखको क्षती देखिएपनि भारतिय पर्यटक रहेको र विहारमा मदिरा निषेध रहेकाले नेपाल आएका बेला खानपिन गरेकाले यस्तो भएको भन्दै समाज, प्रहरी र सर्वसाधारणको आग्रहमा आफुहरु घटनामा हदै सम्मको लचक भएर सहमती गरेको उनको भनाई छ । क्षतीपुर्ती वापतको रकम तिर्ने भन्दै चेक काटेर गएका व्यक्ति क्षतीपुर्ती दिनुको सट्टा जनकपुरधामका अन्य केहि मेयरका प्रत्यासीहरुको सम्पर्कमा गएर आफु विरुद्व षडयन्त्रमा उत्रेको उनको दावी छ ।
गाडीमा ठोक्किदा प्रहरीको रोहवरमा कहाँ सहमती हुदैन ? म अहिले उम्मेदवार हुँ मैले चाहेको भए सुरक्षाको हिसावले ज्यान मार्ने मुद्दामा समेत निवेदन दिन सक्थे प्रश्न गर्दै उनले आफुलाई धनी र पैसावाला भन्ने बलराम महतोले भारितय पर्यटकसंग पैसा लियो भनेर चुनावी स्टन्ट गरि दुशप्रचार गरिएको भन्दै आपती जनाएका छन् । मान्छेको परिचालन हेर्दा जानकी राम साह र अन्य थप केहि उम्मेदवारहरु समेत यसमा मिलेर म विरुद्व मत भडकाउने काममा लागेको उनको भनाई छ । घटनाको विषयमा धनुषा प्रहरी जानकार रहेको र केहि दिन पुरानो घटना चुनावको पुर्व सन्ध्यामा गलत तरिका प्रचार गरिएकाले सर्तक रहन उनले मतदातालाई आग्रह गरेका छन् ।
भारतिय ति पर्यटकलाई उचालेर उ संग भिडियो बनाउन लगाएर आफु विरुद्व षडयन्त्र थालिएकाले सवैको सुरक्षा र रक्षाका लागि उनले जनकपुरधामवासीलाई आग्रह गरेका छन् । बिना दल र संगठनको स्वतन्त्र उम्मेदवार भएर पनि चर्चामा आएकाले देख्न नसकेर आफु विरुद्व विभिन्न षडयन्त्रहरु हुन थालेको उनको जिकिर छ ।