जनकपुरधाम, २३ बैशाख :
नेपाली काग्रेसका औरही गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार ब्रम्हदेव यादवले शिक्षा,स्वास्थ्य र कृषिमा अमुल परिवर्तनको लागि दोश्रो कार्यकालको लागि उम्मेदवारी दिएको बताउनु भएको छ । उहाले पहिलो कार्यकालमा कृषि र सडकलाई विस्तारको काममा विशेष ध्यान दिएको बताउदै आफनो गाउपालिकामा अधिकांस ठाउमा सडकलाई पक्की गरिएको बताउदै बांकी रहेको सडकहरुलाई समेत पक्की गर्ने बताउनुभयो ।
औरही गाउपालिका अन्र्तगत पौडेश्वरमा आयोजना गरिएको घर दैलो कार्यक्रममा बोल्दै विगतमा आफुले शिक्षा र स्वास्थ्यमा निकै विकास गरेको बताउनुभयो । उहाले रहेक बालबालिकालाई सहज विद्यालय पहुच बढाउनको लागि आफुले काम गरेको बताउदै शिप मुलक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।
यादवले आफुले जनतालाई विकास र समृद्धिको अनुभति दिएको बताउदै जनता आफनो पहिलो कार्यकालबाट निकै खुसी रहेको बताउनुभयो । यादवले भन्नुभयो पहिलो कार्यकालमा शिक्षा र स्वाथ्यमा धेरै कार्य गर्दा समेत बांकी रहेकोले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिएको छु ।
यादवले जनताले आफुलाई जुन श्विासको साथ मत दिएको थियो त्यो निष्ठा र ईमान्दारिताका साथ काम गरेको बताउनुभयो । यादवले कोरोना संक्रमणका कारणले सबै भन्दा बढि प्रभावित शिक्षा क्षेत्र रहेको कारणले आफुले चाहेर पनि शिक्षा क्षेत्रमो गुणत्मक विकास गर्न नसकेको बताउनुभयो । उहाले आउने शिक्षामा शिक्षा क्षेत्रमा सुधार गर्न ठोस कदम चाल्ने बताउनुभयो ।