जनकपुरधाम, बैशाख २१: जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बाट जसपा नेपालको तर्फबाट उम्मेदवार रहेका शुत्रधन साहले जनकपुरको वकिल टोल ,रेल्वे स्टेशन एरियामा घर दैलो कार्यक्रम गरेका छन ।
दिउसो मतदाताहरुको बिचमा पुगेर आफुले विगतमा गरेको कामको उपलब्धी बताउदै आउने दिनमा थप प्रभावकारी काम गर्ने भन्दै दोश्रो कार्यकालको लागि आफुलाई जिताउनको लागि मतदाताको घर घरमा गएर अपिल गरेका छन । साहले आफु जनकपुरको वडा नम्बर १मा कोरोना सहितको काममा धेरै काम गरेको बताउदै आफुलाई विगतमा गरेको कामको मुल्यांकन गर्दै मत दिन आग्रह गर्नु भयो । साहले कोरोनाको काममा गरिव विपन्नहरुको लागि राहत देखि खाना सम्मको प्रबन्ध गरेको बताउदै हरेक कठिन समयमा आफु जनताको पक्षमा उभेको बताउनुभयो । साहले जाडोको समयमा आफुले चौक चौकमा दाउरा सहितको प्रबन्ध रहेको बताउदै जनताको रहेक सुख दुखमा आफुले क्षमता सम्मको सहयोग गरेको बताउनुभयो ।
साहले भानु चौक,वकिल टोल हुदै रेल्वे सम्म घर दैलो कार्यक्रम गरेका छन ।