जनकपुरधाम, वैशाख २०:
यही वैशाख ३० गते हुने दोश्रो स्थानीय तहको निर्वाचन तयारी स्वरुप घरदैलो कार्यक्रमलाई लोकतान्त्रिक समाजवादी पार्टीबाट धनुषाका हंसपुर नगरपालिका मेयरका उम्मेदवार रामज्ञान मण्डल तिव्र पारेका छन ।
निर्वतमान मेयर समेत रहेका मण्डलले हंसपुर नगरपालिकाको वडा नम्बर ९ र ६मा उपप्रमुखको उम्मेदवार दिपिका सदासंगै उनी घरदैलोमा पुगेका थिए । घरदैलोको क्रममा उनले स्थानीय जनतासँग दुखसुखका साटासाट गर्दै नगरपालिकालाई विकासको रुपमा नमूना नगरपालिका बनाउने प्रतिबद्धता समेत गरेका छन ।
प्रत्येक स्थानीयको घर घरमा गई बुढापाकाबाट आर्शिवाद थाप्नुका साथै युवासाथीहरुको सहयोग सद्भावको वचनबद्धता लिदैं नगरपालिकालाई देशमै नमूना नगरपालिकाको रुपमा स्थापित गर्न नितीगत योजनाहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन । रामज्ञान मण्डल मेयर बनेपछि नगरपालिकामा बाटोघाटो, सिचाई, शिक्षा र स्वास्थ्यमा अपेक्षा अनुसार नभएपनि धेरै विकास भएको छ । उनले भने मेयर रहेको बेला विकास मात्रै होइन जनताको हरेक सुखदुखमा साथ दिएका छन, हामीलाई यस्तै मेयर चाहिएकोले उहाँ फेरी नगरपालिकाको नेतृत्व लिन अघि बढनु भएकोमा आफूहरु निकै खुशी छु र जिताउने प्रयास पनि गर्नेछु ।
घरदैलोको क्रममा निवर्तमान मेयर मण्डलले अब नगरपालिकामा टुक्रे योजना होइन, अर्थोपार्जनका नितीगत दिर्घकालिन विकासका योजनाहरु अघि बढाउनेछु । उनले भने पछिल्लो कार्यकाल गर्न नसकिएका वैदेशिक रोजगारमा जानेहरुलाई आवश्क सीपको व्यवस्था, नगर बसको व्यवस्था, कृषि भण्डार सहितको आधुनिक बजारको व्यवस्था गर्नेछु ।