जनकपुरधाम, बैशाख २० :
मंगलवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी उम्मेदवार महतोले प्रतिबद्धता पत्र सार्वजनिक गर्र्नुभएको हो । महतोले जनकपुरधाम उपमहानगरपालिकाको समग्र विकासका लागि विभिन्न क्षेत्रलाई समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । उहाँको प्रतिबद्धता पत्रमा समाज कल्याण, शिक्षा, स्वास्थ्य, पर्यटन विकास, कृषि तथा कृषक उत्थान, गरिबी तथा रोजगारी, सार्वजनिक सम्पति संरक्षण एवम्, विपद व्यवस्थापन, अपाङ् तथा बालमैत्री, भौतिक पूर्वाधार, युवा तथा खेलकुद, सूचना तथा सञ्चार र सुशासन, संयन्त्र एवम् प्रशासनिक सुधार जस्ता क्षेत्रहरू समेटिएका छन् । पत्रकार सम्मेलनमा उम्मेदवार महतोले आफूले सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख सबै प्रतिबद्धता पूरा गर्ने संकल्प गर्नुभयो ।
उम्मेदवार महतोले जनकपुरधामको मुख्य समस्याका रूपमा रहेको फोहोर व्यवस्थापन र मच्छर नियन्त्रणलाई पहिलो प्राथमिकताका राखेर काम गर्ने पनि बताउनुभयो । उहाँले निस्वार्थ काम गर्ने ठाउँमा सहजै विकास गर्न सकिने पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर पदका लागि स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले जनकपुरधामको समग्र विकासको लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो ।
घोषणापत्रमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निशुल्क दुर्घटना बिमा, जन्म, मृत्यु, विवाह दर्तालगायतको दस्तुरमा विशेष छुट, सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयमा स्तरोन्तति गर्न नगर शिक्षा नीति ल्याउने, बालश्रमिकलाई विद्यालय पढाउन बालश्रमिकको परिवारलाई आय आर्जनका लागि २५ हजार अनुदानका लागि विभिन्न संघसंस्थसँग समन्वय गर्ने, अति विपन्न परिवारका बालबालिकालाई उच्च शिक्षामा छात्रवृत्तिको व्यवस्थ गर्ने, जनकपुरधामका ७ स्थानमा इन्टरनेट सुविधासहितको अत्याधुनिक डाटा सेन्टरपार्क स्थापना गर्ने, प्रत्येक वडामा खुल्ला पार्क उद्यानको स्थापनालगायत समेटिएका छन् ।