जनकपुरधाम, बैशाख १८ :
धनुषाको हंसपुर नगरपालिकाका लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार रहेका रामज्ञान मण्डलले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।
आइतवार नगरको विभिन्न वडामा घरदैलो गर्दै मण्डलले आफ्नो पहिलो कार्यकाल संघर्षमै बितेकाले यस पटक जितेर बाँकी रहेका कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरे । लोसपाबाट मेयरका उम्मेदवार रहेका मण्डलले आफु निर्वाचित भए शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतको क्षेत्रमा विकास गर्ने बताए । उनले यस पटक पार्टीको तर्फबाट उपमेयरमा समेत दलित उम्मेदवार उठाएर दलितलाई समेत बढी अवसर दिन लागिएको बताए । बैशाख ३० मा हुने निर्वाचनमा आफुहरुको जित सुनिश्चित रहेको भन्दै उनले नगरबासीहरुले आफुहरुमाथि विश्वास व्यक्त गर्ने बताए । निर्वाचनको कार्यतालिका अनुसार शनिवार स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाइसकेपछि चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।