जनकपुरधाम, वैशाख १८ :
धनुषाको लक्ष्मीनिया गाउ पालिकामा जसपा नेपालको तर्फबाट अध्यक्ष पदका उम्मेदवार डा. शत्रुधन यादवले गाउको समग्र विकासका साथ आफनो चुनावी अभियान अन्र्तगत घर दैलोलाई तिव्रता दिएका छन ।
सोहनीमा आफनो चुनावी अभियान अन्र्तगत चुनावी प्रचारप्रसार गर्दै आएका यादवले भ्रष्टाचार मुक्त सुशासन सहित समग्र विकासको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । उहाले स्वाथ्यको विकासको लागि आफुले विगतमा धेरै काम गरेको बताउनुभयो । उहाले गाउपालिकामा विगतमा विकासै नभएको र जसपाको तर्फबाट अध्यक्ष निर्वाचित भएपछि गाउपालिकामा विकास भएको बताउदै थप विकासको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । उहाले जनता विकास चाहेको र जसपाले विकास दिने प्रतिवद्धता गरको बताउदै विगतमा जसपा जितेको यस पालिकामा भएको विकासलाई फेरि निरन्तरता दिनको लागि नै आफुले उम्मेदवारी दिएको बताउनुभयो ।
चुनावी अभियानमा जसपाका नेता महाजन यादव,शेष नारायण यादव,राम गोविन्द यादव, देवेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।