जनकपुरधाम, वैशाख १८ :
नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखको उम्मेदवार शिवशंकर साह हिराले आफू निर्वाचित भए १ सय दिन भित्रै डम्पिंग साइटको निक्र्यौलय लगाउने दावी गरेका छन् ।
जनकपुरधामका लागि फोहोर व्यवस्थापन ठूलो समस्या रहेको समयमा जनकपुरधामको नगरप्रमुखमा उम्मेदवारी दिएका हिराले आफू निर्वाचित भए डम्पिंग साइटको व्यवस्थापन गर्ने तर्फ पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने ‘जनकपुरधामका लागि फोहोर व्यवस्थापन ठूलो समस्या रहँदै आएको छ, सय दिन भित्रै डम्पिंग साइटको व्यस्सथापन गरेर देखाउने छु ।’
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मुजेलयामा घरदैलोका लागि पुगेका हिराले जनकपुरधामलाई सफा, स्वच्छ र हराभरा बनाएर देखाउने बताए । यस अघि फोहोर व्यवस्थापनको नाममा लाखौँ करोडौ रुपैयाँको भ्रष्टाचार भए बताउँदै उनले जनकपुरधाम उपमहागरपालिकाका भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
उनले वडा वडामा सरसफाईको साथै लामखुट्टे मुक्त जनकपुरधाम निर्माण गर्न आफूले पहल गर्ने बताए । साथै उनले ट्राफिक व्यवस्थापन तथा एक वर्षभित्र प्रत्येक वडामा एम्बुलेन्स सहित निःशुल्क मोहल्ला क्लिनिक संचालन गर्ने जसमा उपचार सहित निःशुल्यक प्याथलोजीको व्यवस्था रहनेछ । तीन वर्ष भित्रै यहाँका सामुदायिक विद्यालय र कलेजलाई स्मार्ट स्कूल र कलेजको रुपमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
हिराले आफूले नगरको विकासका लागि बनाएका योजनाहरु ३ चरणमा पूरा गर्ने लक्ष्य लिएको जानकारी दिए ।