जनकपुरधाम, बैशाख १८ :
धनुषाको हंसपुर नगरपालिकाको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नगरप्रमुख पदको उम्मेदवार रामज्ञान मण्डलले संकल्प लिएका छन ।
उनले घरदैलो कार्यक्रम शुरु गर्नु अघि मन्दिरमा गएर संकल्प लिएका हुन । शनिबार मन्दिरमा गएर संकल्प लिएका मण्डलले मतदाता माझ आइतबारदेखि पुग्ने छन । उनी संगै लोसपाको उपप्रमुख पदको उम्मेदवार दिपिका मुसहर सदाका साथै सबै वडाको वडाध्यक्ष पदको उम्मेदवारहरु समेत उपस्थित थिए । मन्दिरमा संकल्प लिएका उनले आफुले जनतामाझ गर्ने प्रतिबद्धता पूरा गरेर देखाउन संकल्प लिएको बताए ।
निवर्तमान नगर प्रमुख समेत रहेका मण्डलले आफुले यस अघिको कार्यकालमा नगर विकासका लागि गर्न नसकेको कार्यहरु आउने कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।