जनकपुरधाम, बैशाख १६:
धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाका अध्यक्ष उम्मेदवार अजय यादवले २३ बुँदे घोषणा पत्र सार्वजनिक गरेका छन् ।
शुक्रबार नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रहेको यादवले पत्रकार सम्मेलन मार्फत २३ बुँदे घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
यही बैशाख ३० मा हुने निर्वाचनका लागि एमालेबाट उम्मेदवारी दिएका यादवले सार्वजनिक गरेको घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद लगायतका शिर्षकलाई घोषणा पत्रमा समेटेका छन् ।
उनले आफु जिते नगरलाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने, पालिका भित्र ‘समान शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका लागि’ अभियान, कक्षा ८ देखि प्राविधिक क्षिक्षाको शुरुवात, प्रत्येक वडामा स्मार्ट शौचालयको स्थपना, पालिकामा रहेका अतिविपन्न परिवारको पहिचान गरि रासन वितरण गर्ने कार्यक्रम लागु गर्ने लगायतका प्रतिबद्धता जनाए ।
उनले रोजगारीका लागि स्थानीय स्तरमा शिपमुलक स्वरोजगारीका लागि विभिन्न तालिम, गरिब तथा विपन्न परिवारका बच्चाको उच्च शिक्षाका लागि छात्रवृवितृ, खेलकुदलाई ध्यानमा राखि स्टेडियमको स्थापना, अर्गेनिक खेती सँग सँगै उब्जाउ जमिन बनाउने अभियान सञ्चालन गर्नेलगायतका राखेका छन् ।