FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


नेपाल सरकार र सञ्चारक्षेत्र बिच उचित समन्वय नहुँदा समस्या

सरकारको प्राथमिकता र सम्बोधनमा देखिएन सञ्चारजगत


नेपाल सरकार र सञ्चारक्षेत्र बिच उचित समन्वय नहुँदा समस्या

पुरन रौनियार
जनकपुरधाम, चैत २८ :
शुक्रवार लकलाउनको १८ औं दिन चलिरहँदा नेपाली जनजिवन प्रभावित भएको छ । घरमै बन्द हुन बाध्य भएका नेपाली जनता घरमै बसरे सुचनाको माध्यम नेपाली सञ्चार माध्यमहरुलाई नै बनाएका छन । तर नेपाल सरकार र नेपाली सञ्चार माध्यम बिच समन्वय हुन नसक्दा पटक पटक अफवाह फैल्ने गरेको र समस्या उत्पन्न हुने गरेको छ । यसमा सरकार र सञ्चार माध्यम दुवैको गल्ती देखिएको छ ।
विहिवार गृहमन्त्रालय स्रोतको हावाला दिदै केहि सञ्चार माध्यमले शुक्रवार र शनिवार दुईदिन घर जान नपाएका काठमाण्डौंमा घेरिएकाहरुलाई काठमाण्डौंवाट वाहिर जान दिने तर काठमाण्डौंमा प्रवेश नदिइने समाचार सम्प्रेशन भयो । तर सरकारलाई मान्ने हो भने त्यो समाचार बिलकुल गलत सावित भएको छ ।


सरकारका उपप्रधानमन्त्री तथा कोरोना सम्बन्धि उच्च स्तरीय समितिका संयोजक ईश्वर पोखरेलले समाजिक सञ्जालमा एक स्टाटस लेख्दै समाचारहरु विलकुल गलत रहेको बताइयो । यसमा दुईवटा त्रुटी भएको हुन सक्छ । या की सञ्चार माध्यमले हतारमा पहिलो हुने प्रतिस्पर्धामा बिना ठोस आधार समाचार सम्प्रेशन गरयो वा सरकारी स्रोतले हतार गरि सञ्चार माध्यमलाई बिना ठोस आधार सुचना लिक गर्दा समस्या भयो । यस्तो वेला सञ्चार माध्यम बिना ठोस आधार र सरकारी निर्णय कुनै पनि समाचार सम्प्रेशन गर्नु हुदैन र सरकारले समेत सञ्चार माध्यमलाई दोषी देखाउने काम गर्नु हुदैन ।
सञ्चार माध्यमले त्यसै कुनै समाचार हाल्दैन । गृह मन्त्रालयकै स्रोतको जानकारी अनुसारनै त्यो समाचार वाहिर आएको देखियो तर बिना सम्पुर्ण परामर्श निर्णय गरेको सरकार पछि निर्णयवाट पछाडि हटन पर्दा आफु चोखो र सञ्चार माध्यम दोषी जस्तै देखाइयो । सो सुचना र समाचार देशै भरि व्यापकता पाइसकेको वेला सरकार एकाएक ब्याक भएपछि जनताको मनोबल मात्र घटेन सरकार र सञ्चार माध्यम प्रतिको विश्वसनियतामा पनि प्रश्न चिन्ह उभिएको छ ।
अहिले भारत सहित विभिन्न देशहरुमा एकद्वार प्रणाली मार्फत कोरोना सम्बन्धि निर्णयहरु सार्वजानिक हुन्छ र सरकारी निर्णय सार्वजानिक पछि मात्र सञ्चार माध्यमहरु समेत त्यसलाई समाचार बनाउने गरेका छन् । तर नेपालमा सरकार र सञ्चार माध्यम बिच कुनै समन्वय छैन । सञ्चार माध्यमले स्रोतको प्रयोग गरि सुचना प्रवाह गर्ने काम गरेको भएपनि स्रोत र सञ्चारमाध्यम दुवै गलत सावित हुने स्थिती बनिरहेको छ ।

महासंघ सहित विभिन्न संघ संस्थाको ध्यानाकर्षण


यस विषयमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराइसकेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले जोखिमको यस घरिमा सञ्चारजगत र सञ्चारकर्मीहरुलाई समेत प्राथमिकतामा राख्न सरकारसंग मांग गरेको छ । उनले भनेका छन, यो जोखिमको समयमा पत्रकार सुरक्षार सञ्चारमाध्यमको नियमितता एवम् प्रभावकारिताका लागि आवश्यक सामग्रीहरुको उपलब्धताका साथै राहत प्याकेज ल्याउन महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ । यो अवस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई आर्थिक राहतलगायतका विषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मवल बढाउनका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी देखिएको छ । यसैगरी जटिल अवस्थामा पनि अनेकौ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा पनि प्याकेजमै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चारमाध्यमवाट कोरोना सक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्न महासंघ सरकारसँग आग्रह गर्दछ । सरकार र सञ्चारबीच सहकार्य गरी यो बेलामा आवश्यक सूचना, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका विद्यार्थीका लागि आवश्यक सामग्रीहरुको उत्पादन र प्रसारण गर्नेतर्फ योजना निर्माण गर्न पनि अत्यावश्यक देखिएको छ । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदछु, उनको वक्तब्यमा उल्लेख छ ।

त्यसै गरि मधेशी पत्रकार समाज नेपाल प्रदेश २ ले समेत प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकारहरुको सुरक्षा र कामलाई समेत गम्भिरताका साथ लिन सरकारलाई आग्रह गरेको छ । समाज प्रदेश २ का अध्यक्ष विरेन्द्र रमणले सवै भन्दा पहिला जारी गरेको विज्ञप्तीमा सुरक्षाकर्मी, चिकित्सक सहित अन्य निकाय जस्तै यस्तो जोखिममा खटने पत्रकाहरुका लागि बिमा र प्रोत्साहन सुविधाको घोषणा गर्न नसक्नु प्रदेश र संघिय सरकार सञ्चारजगत प्रति कति उदासिन र लापरवाह छन भने कुरा प्रमाणित भएको आरोप समेत लगाएका छन् ।

अन्य देशका राष्ट्रपती, प्रधानमन्त्री सहित कार्यकारी प्रमुखहरु जोखिमको यस घरिमा चिकित्सक, नर्श, सुरक्षाकर्मी, सफाईकर्मी र सञ्चारकर्मीहरुलाई समेत सम्बोधन गरि मनोबल बढाउने गरेको अवस्थामा नेपालमा भने सञ्चार माध्यमलाई कुनै प्राथमिकता नदिइएको जस्तै छ । नेपालमा संघिय सरकार सहित प्रदेश सरकारका प्रमुखहरुले राष्ट्र र प्रदेशलाई सम्बोधन गर्ने क्रममा सञ्चारजगतको मनोवल बढाउने काम समेत गरेको देखिदैन । यस्ता समस्याले जनताले कोरोना जस्तो विश्वव्यापी महामारीको जोखिमका बेला सही र सत्य तथ्य सुचना पाउन सकिरहेका छैनन । तर्सथ यस्ता जोखिमको बेला विभिन्न निर्णय गर्ने र निति बनाउने सरकार र सो बिषय जनतामा पुरयाउने निकाय सञ्चार माध्यम बिच समन्वय आवयश्क छ ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy