जनकपुरधाम, बैशाख १२ :
नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेको छ ।
नेकपा एमालेबाट नगरप्रमुखमा शिवशंकर साह (हीरा) र उपप्रमुखमा रूना झाले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीहरूले सोमबार मनोनयनको दोस्रो दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
रूना आजमात्रै काङ्ग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेकी हुन् ।