जनकपुरधाम १० बैशाख :
जनकपुरधाम उमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बलराम महतो वडाहरूमा पुगेर मत माग्न व्यस्त रहेका छन् । यसैक्रममा शनिबार महतो जनकपुधाम उपमहानगरपालिकाको वडा नम्बर १३ र १४ मा घरदैलो कार्यक्रम गरेका हुन् । वडा वडामा जनता माझ पुगिरहेका महतोले जनकपुरधाम उपमहानगरको विकासमा राजनीतिकरण भइरहेकाले आफू स्वतन्त्र रुपमा विकासकै लागि आएको बताएका छन् । मतदाताहरुले उपमहानगरमा भ्रष्टाचार बढ्दै गइरहेको असन्तुष्टि सुनाएपछि उनले आफू नगरप्रमुखमा निर्वाचित भए भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता व्यक्त गरे महतोले उपमहागरलाई वर्तमान नगरप्रमुख जस्तै कार्यकर्ता भर्तिकेन्द्र बनाउनुभन्दा वडा वडालाई विकासको काममा सक्रिय बनाउने बताए ।
त्यसैले आफू नगरप्रमुखको कुर्सी सम्हालेर उपमहानगरको विकासका लागि निस्वार्थ भावले केही गर्न खोज्ने आफ्नो सपना रहेको बताए ।