जनकपुरधाम १० बैशाख :
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुरधाम उपमहानगरमा मेयर र उपमेयरको उम्मेदवारको नाम टुंगो लगाएको छ । लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज चौधरी र उपमेयरमा रीताकुमारी मिश्रको नाम टुंगो लगाएको हो । लोसपाको केन्द्रीय कमिटी बैठकले मेयरका लागि चौधरी र उपमेयरमा मिश्रको सर्वसम्मत रूपमा नाम सिफारिस गरिएको छ । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाइएको हो । यसअघि जनकपुरधामका उपमेयर रहेका मिश्रलाई पुनः उपमेयरका लागि नाम टुंगो लगाएको हो भने मेयरका अर्का आकांक्षी जानकी राम साहले पार्टी परित्याग गरेपछि चौधरी स्वतः सर्वसम्मत सिफारिस भएका हुन् ।यसअघि गत २७ चैतमा बसेको लोसपा नेपाल धनुषाको नगरस्तरीय बैठकबाट आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नगरप्रमुखमा ५ जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको थियो ।
बैठकबाट जनकपुरधामको नगरप्रमुखका लागि मनोज कुमार चौधरी, परमेश्वर साह, संजय चौधरी, अमर पंजियार र जानकी राम साहको नाम सिफारिस गरिएको थियो । त्यस्तै, उपप्रमुखमा विभा ठाकुर, विभा पाण्डे, रीताकुमारी मिश्र, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको थियो ।
सभार-फरकधार