एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ४ : सत्ताधारी चारदल गठबन्धन मधेश प्रदेशको बैठक जनकपुरधाम बसिरहेको छ । जनकपुरधामको रामानन्दचौक स्थित जसपा नेपालको प्रादेशिक कार्यालयमा भइरहेको बैठकमा चुनावी तालमेलको विषयमा छलफल भइरहेको छ ।
कांग्रेस, जसपा, माओवादी र नेकपा एसका प्रदेश अध्यक्षहरु क्रमश कृष्ण यादव, रामबाबु यादव, गणेश साह र धर्मनाथ साहको उपस्थिती रहेको बैठकले प्रदेशका पालिकाहरुमा हुन सक्ने तालमेल र गठबन्धनको विषयमा छलफल गर्दै निश्कर्ष लगाउने विश्वास पार्टीका नेताहरुको छ ।