एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ४ : जनकपुरधाम उमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका समाजसेवी बलराम महतो घर घर पुग्ने कार्यक्रममा सक्रिय छन् । विकासका लागि घरदैलो नारा दिदै उनी छाप नभएपनि आफनो परिचय दिन घर दैलो गरिरहेका छन् । यसै क्रममा उनी आइतवार ग्रामिण वडा बिसपिट्टी पुगेका छन भने जानकी नगर स्थित योग शिविरमा समेत पुगेर जनकपुरधाममा विकास र परिवर्तणका लागि आहवान गरेका छन् ।

‘म मेयर जिते भने सरकारी पैसाले गाडी किनेर चढने होइन मलाई आफैसंग चढने गाडी छ’ महतो भन्छन, ‘म यो उमेरमा जनकपुरधाममा केहि गरेर नाम कमाउन आएको हुँ माहोल र वातावरण बनाइदिनोस ।’ राजनितिक दलका नेताहरु जनता ठग्न समाजसेवा गर्न चाहनेलाई पनि विभिन्न आरोप लगाउने गरेको बताउदै उनले आफनो नजिकको सरकारको मुखिया कस्तो छान्ने भन्ने कुरा जनताले बुझिसकेका छन् ।

राम्रो काम गर्ने मान्छो आयो भने हाम्रो राजनिति के हुन्छ ? हाम्रो कमाई धमाई बन्द हुन्छ भन्ने भयले आफुलाई ठेकेदार भनेर नेताहरु हेप्ने गरेको उनको तर्क छ । यो उमेरमा आफुलाई कुनै सेवा सुविधाको आवश्यकता नभई जनसेवक बन्ने रहर मुख्य रहेको उनको भनाई छ । महतो सोमवार बिहान कनकपट्टी र बेलुका बिन्ही लादो बेलाको जनता भेटने बताए ।