एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ : जनकपुरधाम उमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका समाजसेवी बलराम महतोले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । नयाँ वर्षको पहिलो दिन विहिवारबाट घरदैलो आरम्भ गरेका उनले शुक्रवार जनकपुरधाम वडा नं. ७ जानकी नगर पुगेर घरदैलो गरेका छन् । पठिया बजार स्थित श्री रामजानकी युवा कमिटिको अगुवाईमा भएको कार्यक्रममा वडावासीहरुले उम्मेदवार महतोको भावना र समाजेसवाको उद्देश्य पवित्र रहेको भन्दै स्वागत गरेका छन् ।
पेठियाबजार स्थित श्री गणेश मन्दिरमा दर्शन र पुजापाठ सहित सुरु भएको घरदैलो स्थानिय समस्यामा समेत केन्द्रित भएको थियो । वडावासीले वडामा हुने डुबानको समस्या समेत दर्शाएका थिए । सो अवसरमा महतोले आफुसंग विकास निर्माणका लागि बजेट ल्याउने र कार्यान्वयन गर्ने राम्रो अनुभव रहेकाले अवसर पाए जनकपुरधामको कायापलट गर्ने बताए ।

मलाई लोभ छैन, ‘भगवानले सवै थोक दिएको छ, भ्रष्टाचार गरेर कमाउने मेरो कुनै अवस्था छैन, मरेर के लानु छ र ? म चाहन्छु म मरे भने रुने र मलामी जाने हजारौ मान्छेहरुको भिड होस त्यसैले केहि गर्न आएको हुँ ।’ उनले भने ।

बैशाख १ गते विहिवार देखि जनताको दैलोमा पुग्न थालेको सुनाउदै उनले पहिलो दिन कुवाँ, रामपुर र कुर्थाका जनताले गरेको स्वागत र दर्शाएको सदभावले आफु गदगद भएको बताए ।

बिरुवामा जल अर्पण
समाजसेवी महतोले स्वयम निर्माण व्यवसायीको रुपमा जनकपुरधामको विकास आयोजना अन्तर्गत विकास निर्माणका क्रममा सडक छेउछाउ तथा बिचमा रोपिएको बोट बिरुवाहरुमा जुडशितलको अवसरमा जल अर्पण गर्न लगाएका छन् । म जनकपुरधाममा सेवा गर्न आएको हुँ उनले भने, ‘मैले गरेका हरेक कामको संरक्षण हुन आवयश्क छ र मेरो धर्म पनि हो ।’

