एसपी रिपोर्टर
जनकपुरधाम, चैत २७ : नेकपा एमालेबाट जनकपुरधामको मेयरका लागि एकल नाम सिफारिस गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको २५ वटै वडाबाट सर्वसम्मत रुपमा शिवशंकर साह हिराको नाम सिफारिस गरिएको एमाले नगर कमिटि सचिव राजु साहले बताए ।
यस अघि उहाँ सहित उमेश चौधरीको पनि नाम चर्चामा थियो तर जनकपुरधामको अवस्था, परिस्थिती र राजनितिक माहोल देखेर हामीले हिराको नाम एकल र सर्व सम्मत रुपमा सिफारिस गरयौं सचिव साहले भने । राजनितिक दलहरुलाई आकांक्षीहरु मिलाउन एकदमै सकस भइरहेको बेला एमाले भने एक मा त्र उम्मेदवार छान्न सफल भएको छ ।