एसपी रिपोर्टर
जनकपुरधाम, चैत २६ : जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका समाजसेवी बलराम महतोले आफु व्यवसायीक जिवन विश्राम गर्दै जनकपुरधामको विकासका लागि समर्पित हुन चाहेको बताएका छन् । जनकपुरधाम र माता जानकीको कृपाले आफनो पेशा र व्यवसायमा सफल भएको भन्दै उनले भने, ‘अव बिना लोभ जनकपुरधामको सेवा गर्ने मन छ ।’
राजनितिक दलहरुले जनकपुरधामको विकास गर्न नसक्दा जनकपुरधाम नगरवासी परेशान भइसकेको उनको तर्क छ । पाँच वर्षको कार्यकालमा एउटा लामखुट्टे समेत धपाउन नसक्नु दुःखद र व्यक्तिगत स्वार्थको चरण दुरुपयोगको नमुना रहेको उनले बताए । आधुनिक युगमा लामखुट्टे धपाउनु समान्य कुरा हो उनले भने, ‘म संग यति अनुभव छ कि म जनकपुरधामलाई नमुना नगर बनाउन सक्छु ।’
आफु आफना नयाँ पुस्तालाई निर्माण व्यवसायीको सम्पुर्ण जिम्मा लगाएर आएको भन्दै महतोले भने, ‘म राजनिति गर्न होइन जनकपुरधामको विकास र सेवा गर्न आएको हुँ ।’ उचित अनुभव, निस्वार्थ भावना र अठोट भएको नेतृत्व नपाएकै कारण जनकपुरधाम पछाडि रहेको उनको तर्क छ । स्वतन्त्र उम्मेदवार भन्दै आफुलाई कमजोर आंकलन नर्गन समेत उनले आग्रह गर्दै सवै दलको आग्रहमा आफु उम्मेदवार बनेको महतो बताउछन् ।