एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त २५ : जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखका प्रत्यासी समाजसेवी बलराम महतोलाई जनकपुरधामको चर्चित श्री महाविर युवा कमिटिले भब्य स्वागत गरेको छ । चैती दशैंको सप्तमी तिथिमा जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवीको भब्य श्रृङ्गार विधीमा सहभागि प्रत्यासी महतो र उनकी धर्मपत्नीलाई कमिटिले भब्य स्वागत गरेको हो ।

कमिटिका अध्यक्ष बलराम साहले आजको भब्य श्रृङ्गार कार्यक्रमको कमिटिको सम्पुर्ण खर्च समाजसेवी महतोले सहयोग गरेकोमा खुसी व्यक्त गर्दै मनकारी महतो जस्तो अभिभावक जनकपुरधामलाई आवयश्क रहेको बताए । समाजिक कार्यमा महतोको सक्रियता र अग्रसरताले कमिटि हर्षित भएको भन्दै उनले कमिटिलाई समाजसेवी महतोले दुई थान एयरकन्डिशन समेत सहयोग गरेको बताए ।

कमिटिका पदाधिकारीहरु महतो जस्ता मनकारी व्यक्ति जनकपुरधामको नेतृत्वमा आए भ्रष्टाचारको अन्त्य हुने र समाजसेवामा बृद्वि हुने बताए । कमिटिका पुर्व अध्यक्ष तथा पदाधिकारीहरु, वर्तमान पदाधिकारीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रममा महतो जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवार हुन गइरहेकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

समाजसेवी महतो र उनकी धर्मपत्नी माता राजदेवीको भब्य श्रृङ्गार विधीमा सहभागि भएका छन भने पुजा आराधना र आर्शिवाद ग्रहण गरेका छन् । महतो शनिवार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारीमा छन् ।
