एसपी रिपोर्टर
जनकपुरधाम, चैत १८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशको सवै स्थानिय तहमा पार्टीले चुनाव लडने गरि तयारी भइरहेको बताएका छन् । सिन्धुली तथा उदयपुर जिल्लामा हुने पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकाहरुसंग कुराकानी गर्दै अध्यक्ष लिङ्गदेनले स्थानिय स्तरमा कुनै राजनितिक दलहरुसंग आवयश्कता परेको खण्डमा गठबन्धन हुन सक्ने बताएका छन् ।
अघिल्लो स्थानिय तहको चुनावमा ७ सय ५३ मध्ये मुस्किलले ४० प्रतिशत स्थानिय तहमा उम्मेदवारी दिँदा मात्र पाँच स्थानिय तह जितेको बताउदै अध्यक्ष लिङ्गदेनले जितेका पालिकाहरुमा राम्रो काम गरेकाले अव धेरै पालिका जित्ने दावी गरेका छन् ।
कृषि अनुदानले कार्यक्रता पाल्ने, शिक्षा र स्वास्थ्यमा कुनै पनि चासो नदिने परिपाटीले देश बर्बाद भएको उनको तर्क छ । उनीसंगै पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, ज्ञानेन्द्र शाही सहितका नेताहरु पनि चुनावी कार्यक्रममा आएका हुन ।