एसपी रिपोर्टर
जनकपुरधाम, चैत १७ : घर घर जाँउ कांग्रेस जिताउ अभियान जनकपुरधामबाट सञ्चालनमा आएको छ । नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिको आयोजनामा जनकपुरधाममा आयोजित एक समारोहका बिच पार्टीकी केन्द्रिय सदस्य मञ्जु खाँणले अभियानको समुदघाटन गरेकी छिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ खाँणले जनकपुरधाममा कांग्रेस हार्नुको एउटा मात्र कारण पार्टी भित्रको मनमुटाव रहेकाले त्यसलाई सुधार गर्न नेता कार्यक्रताहरुलाई आग्रह गरेकी छिन् । गृहमन्त्री खाँणको श्रमती समेत रहेकी नेतृ खाँणले कांग्रेसलाई मन र मष्तिकशमा राखेर चुनावमा जानु पर्ने बताएकी छिन ।
पार्टी जिल्ला सभापती योगेन्द्र पजियारको अगुवाईमा भएको कार्यक्रम समुदघाटन संगै अव कांग्रेसले घर घर जाँउ कांग्रेस जिताउ अभियानमा लाग्ने भएका छन् । कार्यक्रममा नेताहरु सरस्वती चौधरी, शिवधारी यादव सहितको उपस्थिती थियो ।