एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : एमालेका नेताहरुले एमालेको क्रेज र चर्चाका कारण चार दलिय गठबन्धन पाँच दलिय हुने तर्फ अगाडि बढिरहेको बताएका छन् । धनुषाको कमलानगरपालिकामा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेकाहरुलाई स्वागत गर्दै नेताहरुले एमालेको डरको कारण दल थपि थपि गठबन्धन भइरहेको बताएका छन् ।
एमाले नेता धनुषा ईन्चार्ज रामचन्द्र मण्डलले तिन वर्षमा केपि ओली नेतृत्वको सरकारले विकासको सवालमा लिएको अडान र सफलताले कांग्रेसलाई चौकाएको बताए । धनुषाका वरिष्ठ नेता गंगाराम यादवले आफु १५ वर्ष गाविसको उपप्रधान र प्रधानपञ्च भएर काम गर्दा संघिय सरकारबाट सुको समेत विकासका लागि नपाएको स्मरण गर्दै तिन वर्षमै ओली सरकारले गरेको कामले जनता एमाले प्रति आकर्षित भएको बताए ।
ओली नेतृत्वको सरकारमा बेरोजगारी समस्या समेतको हल हुने र त्यस पछि आफुहरुको पत्ता साफ हुने देखेर अन्य दलहरु एमालेलाई अनैतिक एकता गर्न थालेको उनीहरुको भनाई छ । कार्यक्रममा एमाले धनुषा अध्यक्ष राजकिशोर यादव, जिविस पुर्वसभापती रामचरित्र साह सहित जिल्ला र प्रदेशका नेताहरुको उपस्थिती थियो । कार्यक्रममा करिव एकसय जना एमाले प्रवेश गरेका छन् ।