एसपी रिपोर्टर
जनकपुरधाम, चैत १६ : नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले महासंघको ६७ औं स्थापना दिवसको अवसरमा जनकपुरधाममा वृक्षारोपण गरेको छ । महासंघ मधेशका अध्यक्ष राजेश कुमार कर्णको अगुवाई र प्रदेशसभा सांसद, महासंघ धनुषा शाखाका पुर्व अध्यक्ष एवं स्वच्छता अभियानी रामअशिष यादव तथा निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाको विशेष उपस्थितीमा जनकपुरधाम स्थित बिषहरा पोखरी किनारामा आधादर्जन वृक्षहरु लगाएको छ । पोखरीको पश्चिमी डिलमा वर, पिपल, निम र पाखरको बिरुवा रोपिएको हो ।
सो अवसरमा वरिष्ठ पत्रकार अशोक रौनियार, बिएम खनाल, लोसपाका नेता अनिल महासेठ, स्वच्छता अभियानी सुरेश शर्मा, नेकपा एमाले जनकपुरधामका सचिव राजु साह, महासंघ मधेश समितिका उपाध्यक्ष ज्योती झा, सदस्य हदिश खुद्दार, कैलाश दास, बरुणा कर्ण, धनुषा शाखाका सदस्य संजय साह, सुजित झा, सुभाष कर्ण सहितको उपस्थिती थियो ।
साथै वनस्पति कार्यालय धनुषाका प्रमुख ताहिर हुसैन, वृक्षारोपण एवं स्वच्छता अभियानी सुरेश शर्मा, बैद्यनाथ चौधरी, हरिकान्त मिश्र, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भु साह, जगदीश साहलगायत दर्जनौं अभियानीहरुको सहभागिता रहेको थियो ।