एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : २०७९ बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन नजिकिदै जाँदा जनकपुरधाममा चुनावी शरगर्मी बढेको छ । बहालवाला मेयर जितेको तत्कालिन राजपा र हालको लोसपामा एकमत भएर उम्मेदवार आए मुख्यप्रतिस्पर्धीको रुपमा पुनः लोसपा अगाडि आउने छ भने नेपाली कांग्रेस जनकपुरधामको नेतृत्व लिने सुनौलो मौका भन्दै त्यसका लागि प्रयत्न गर्ने छ ।
जनकपुरधामको स्थानिय तहमा लोसपा, कांग्रेस र जसपानै पुनः मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको छ भने त्यसवाट फाइदा लिन सक्ने स्वतन्त्र राम्रो उम्मेदवारको पनि खोजी भइरहेको छ । लोसपाबाट परमेश्वर साह, मनोज चौधरी, जानकीराम साह र अमर पजियार सहित चारजना मुख्य आकांक्षी देखिएका छन भने कांग्रेसबाट मजोज कुमार साह सुडी, बजरंग प्रसाद साह, किशोर साह भुल्ला, जिवनाथ चौधरी, राकेश विक्रम साह, बलराम महतो, हिरा भगत, प्रमोद चौधरी (मारवाडी) गरि आठजना मेयरको टिकटका लागि लविङ्ग गरिरहेका छन् ।
यि दुई दलसंग मात्र १२ जना उम्मेदवारहरु छन् । राजपाबाट जितेर जसपा तिर लागेका मेयर लालकिशोर साह समेत जसपाबाट पनि नेताहरु मेयरका आंकाक्षी छन् । उनका आलावा नगरसभापती विष्णुदेव साह, बजरंग प्रसाद यादव सहित तिनजना आकांक्षी छन् । त्यसै गरि नेकपा एसले पनि लडदिन भनेको छैन । त्यस पार्टीबाट डा. अजय झा, पत्रकार शितल साह, लक्ष्मीनारायण भगत सहितका आकांक्षीहरु देखिएका छन् । एमालेबाट अहिले सम्म शिवशंकार साह हिराको नाम चर्चामा छ । यद्यपि एमाले विपक्षी उम्मेदवार रोक्न कुनै पनि कदम चाल्न सक्ने चर्चा छ ।
यस्तो छ माहोल र चर्चा
माओवादीबाट भने कसैले लडने गरि कम्मर कसेका छैनन किन भने कांग्रेस सहित चारदलको गठबन्धन वा कांग्रेस बाहेक तिनदलको समेत गठबन्धनको चर्चा चलिरहेको छ । कांग्रेस सहित जसपा, माओवादी र नेकपा एसको गठबन्धन भए जनकपुरधामको मेयर कांग्रेस वा जसपाले पाउने चर्चा छ । त्यस किशिमको गठबन्धन भकएको अवस्थामा कांग्रेस र जसपाले चर्चामा रहेको नाम मात्र होइन जो सुकै चर्चित चेहरालाई पनि मेयरमा ल्याएर गठबन्धनमा बिबाद रहित माहोल बनाउन सक्ने तयारी भइरहेको छ । जस्मा जसपाबाट रामअशिष यादवको पनि नाम छ । कांग्रेस बाहेक तिन दलको मात्र गठबन्धन भए जसपाले मेयर पाउने छ भने नेकपा एसले उपमेयर ।
कुनै एक दलले मात्र मेयर पाउँदा अरु पार्टीका उम्मेदवारहरु असन्तुष्ट हुने निश्चित हुने छ त्यस अवस्थामा बागी र स्वतन्त्र उम्मेदवारहरुको पनि उत्पनी हुने छ । जनकपुरधामको मेयरमा विपरित पोलको नेतृत्व लोसपा र एमालेले गर्ने छ । लोसपाबाट परमेश्वरको नाम चर्चामा छ भने एमालेबाट हिराको । तर अर्को तिर गठबन्धन भएको परिवेशमा लोसपा र एमालेको मात्र होइन राप्रपा र जनमत सहितको अर्को गठबन्धनको पनि सम्भावना छ ।
माथी प्रस्तुत दलका उम्मेदवारहरु मध्ये चर्चामा रहेकाहरुले टिकट नपाए स्वतन्त्र र बागीका रुपमा पनि त्यसै व्यक्तिहरुले उम्मेदवारी दिने समेत तयारीमा छ । तर जनकपुरधाममा मुख्य तिन सहित चारजना बिच मेयर पदमा प्रतिस्पर्धा हुने संकेत राजनितिक माहोलले देखाइरहेको छ । त्यसै गरि तमलोपाबाट धिरेन्द्र सिंहको चर्चा छ भने जनमतले उम्मेदवार खोजिरहेको बुझिएको छ ।